सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

   ३ फाल्गुन २०७७, सोमबार १३:०१  

 

३ फागुन, रौतहट । बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किदा एका जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।

आइतबार मध्यराति करिब १२ः४५ बजेको समयमा दुर्घटना हुँदा बुटवल ११ बस्ने अन्दाजी २२ वर्षीय सन्जु खनालको मृत्यु भएको प्रहरीले जनाएको हो ।

उपमहानगरपालिका वडा नं. १० कालिकानगर सन्जिवनी कलेज नजिक सर्भिसलेनमा तिलोत्तमाको योगीकुटीदेखि बुटवल राजमार्ग चौराहातर्फ गइरहेको लु ५८ प २८३५ नं.को स्कुटर र सोही विपरीत दिशाबाट योगीकुटीतर्फ गइरहेको लु १५ प १४७२ नं.को मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएको थियो ।

गम्भीर घाइते भएका खनाललाई उपचारका लागी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा ल्याएपनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै, दुर्घटनामा परी स्कुटर चालक बुटवल ११ का २५ वर्षीय शिशिर मगर, स्कुटरको पछाडि सवार सोही स्थानका सचिन पाण्डे र मोटरसाइकलमा सवार बुटवल ११ का नै २१ वर्षीय साजन पुन घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डले जनाए ।