थप १०४ जनामा कोरोना पुष्टि, मृत्यु शून्य

   २ फाल्गुन २०७७, आईतवार १७:०३  

२ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा ३ हजार ५ सय जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या १ हजार ६ सय ४ रहेको डा. गौतमले जनाएका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय ३१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको डा. गौतमले जनाएका छन् ।