मोरङमा ट्रकको ठक्करबाट ६७ वर्षीय वृद्धको मृत्यु

   २ फाल्गुन २०७७, आईतवार १५:०३  

२ फागुन, रौतहट । मोरङमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा लेटाङ २ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठ रहेका प्रहरीले जनाएको हो । पूर्व पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा १० मा ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको साइकल सवार श्रेष्ठलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जनाए ।

अस्पतालमा उपचारका क्रममा नै श्रेष्ठको मृत्यु भएको समेत राईले जनाएका छन् ।

प्रहरीका अनुसार ट्रक र चालक धनकुटाको साँगुरीगढी–६ का ३१ वर्षीय अमिर राईलाई पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको छ ।