दुई जनाको शव फेला
द नेपाल मिडिया
२ फाल्गुन २०७७, आईतवार १२:२७
२ फगुन, रौतहट । काठमाडौँमा २ जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको महानगरपालिका ८ स्थित वाग्मती खोला किनारमा सोही महानगरपालिका ७ मैजुबहाल डेरा गरी बस्दैँ आएका सिन्धुपाल्चोक हेलम्बु घर भएका ४५ वर्षीय रजुनमान श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको हो ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी लालीगुराँस टोलमा डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका ४ घर भएका ३७ वर्षीय दीपेश लामाको शव फेला परेको छ ।
आफ्नै कोठामा मृत अवस्थामा लामाको शव भेटिएको प्रहरीले जनाएको छ ।