आज प्राणय दिवस, विश्वभर मनाइँदै

   २ फाल्गुन २०७७, आईतवार ०८:५३  

२ फागुन, राैतहट । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकआपसप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

हरेक वर्षकाे १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिका जाेडिले आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाउने गरिन्छ ।

याे दिवस विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।