कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धको मृत्यु
१ फागुन, रौतहट । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
पुनरवास नगरपालिका वडा नम्बर ११ अमरबस्तीको हुलाकी सडकमा शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो ।
धनगढी उपमहानगरपालिका वडा न. १ का १८ वर्षीय रिहान कुरेसी सवार म२प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही उपमहानगरपालिका १९ बस्ने ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जनाए ।
मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने कुरेसीलाई नियन्त्रण लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।