आज थप १२७ जनामा कोरोना संक्रमण पुष्टि

   ३० माघ २०७७, शुक्रबार १६:४०  

 

३० माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरो सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ७ सय ७ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, विगत २४ घण्टामा थप १ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको मन्त्रालयले जनाए ।

यसैबीच, पछिल्ले २४ घण्टामा २ जनाको मृत्यु भएसंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ५४ पुगेको छ ।