कोरोना संक्रमितको अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार हुने
२९ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमितहरुको अब सरकारी अस्पतालमा मात्रै निशुल्क उपचार हुने भएको छ ।
बस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै सरकारले निजी मेडिकल अस्पतालहरुलाई शोधभर्नाबापतको रकम व्यवस्था गराउदै आएको थियो ।
तर, देशभर कोरोना संक्रमितको संख्या घटेसँगै अब मेडिकल अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन मन्त्रालयले निर्देशन दिइएको हो ।
स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दे मन्त्रालयले बुधबारको मितिबाट १० दिन मात्र नियमानुसारको शोधभर्ना रकम उपलब्ध गराउने जानकारी दिएको छ ।







