बलात्कार मुद्दामा फरार भएका आरोपी पक्राउ
२९ माघ, रौतहट । रौतहटबाट जबरजस्ती करणी मुद्दामा फरार भएका एक आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय पुरुषोत्तम बैठा रहेको प्रहरीले जनाएको छ ।
बलात्कार मुद्दामा वारदात मिति, समय र स्थानबाट फरार रहेका बैठालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निजलाई बुधबार नै गौर अदालतमा पेश गरिएको समेत प्रहरीले जनाएका छ ।