बिमा शुल्कका नाममा भइरहेको बेथितिबारे ‘एक्सन’ लिन
२९ माघ, रौतहट । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य सिलवालले एकल बिमा शुल्कका नाममा भइरहेको बेथितिबारे ‘एक्सन’ लिने बताएका छन् ।
पछिल्लो समय बिमा कम्पनीहरुले व्यवसाय धेरै देखाउनका लागि एकल बिमा शुल्क पोलिसी बिक्री गर्न जोडबल गर्ने गरेका हुन् ।
बिमा समितिका अध्यक्ष सिलवालले यो विषयमा आफूले पनि जानकारी पाएको र एक्सन लिने तयारी भइरहेको बताएका छन्।
बिमा समितिले केही वर्षअघि एकल बिमा शुल्कलाई प्रथम बिमा शुल्कमा गणना गर्न दिने व्यवस्था गरिदिएको थियो ।