बुधबार थपिए १३४ कोरोना संक्रमित

   २८ माघ २०७७, बुधबार १६:५४  

 

२८ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ । जसमध्ये हालसम्मा १ हजार ७ सय ५३ संक्रिय कोरोना संक्रमित रहेको डा. गौतमले जनाए ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको डा. गौतमले जनाएका छन् ।