मङ्गल ग्रहमा पनि ट्राफिक जाम हुने सम्भावना

   २८ माघ २०७७, बुधबार १६:५७  

२८ माघ, रौतहट । पृथ्वीको छिमेकी ग्रह मङ्गलको आकाशमा एकपछि अर्को गरी तीन देशका छुट्टाछुट्टै यान मङ्गल ग्रहको अन्तरिक्षमा प्रवेश गर्न गइरहेको कारणले ट्राफिक जाम हुने सम्भावना बढेको छ ।

युनाइटेड अरब एमिरेट्स, चीन र अमेरिकाले पठाएका यान एकपछि अर्को गरी मङ्गल ग्रहको परिक्रमा गर्दै ल्यान्डिङ गर्ने क्रममा रहेका छन् । यस क्रममा यूएईको अन्तरिक्ष यान ‘होपु’मङ्गलको धेरै नजिक पुगिसकेको छ ।

यसले आज नै मङ्गल ग्रहको कक्षामा प्रवेश गर्ने सम्भावना छ । यूएईको यस मङ्गलयानपछि चीन र अमेरिकाको मङ्गल अभियानका आर्बिटर मङ्गलको कक्षामा प्रवेश गर्न गइरहेका छन् ।

८, १० दिनको समयान्तरालमै पहिलो पटक तीन देशका बेग्लाबेग्लै अन्तरिक्ष यान मङ्गलमा पुग्न गइरहेका छन् । यी तीनवटै अभियानको उद्देश्य मङ्गल ग्रहको धरातलमा ओर्लिने पनि रहेको छ ।