रौतहटबाट फरार भएका चार प्रतिवादी पक्राउ

   २८ माघ २०७७, बुधबार १३:०३  

२८ माघ, रौतहट । रौतहटबाट छुट्टाछुट्टै मुद्दामा फरार भएका चार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको सम्मानित गौर अदालतको फैसला कार्यान्वयन गर्ने अभियानमा लामो समयदेखि भागेका चार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय गरुडा र चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा भागेको आरोपी गुजरा नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय महम्दीन अंसारी रहेका छन्, भने खाध्य सम्बन्धी मुद्दामा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने ५२ वर्षीय गणेश घिमिरे रहेको प्रहरीले जनाए । पक्राउ परेका घिमिरेलाई १ लाख ३२ हजार २ सय ९४ रुपैयाँ जरिवान समेत गरिएको थियो ।

यस्तै, १४ हजार ४ सय ५० रुपैयाँ र दुई महिना कैद सजाय भएको लागूऔषध मुद्दामा भागेको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय संजिव ठोकर र सोही मुद्दामा नै १ हजार २ सय २५ रुपैयाँ जरिवाना गरिएको सोही स्थानका मंगल बहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई गौर अदालतमा पेश गरिएको लिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।