मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

   २८ माघ २०७७, बुधबार ११:०९  

 

२८ माघ, रौतहट । मोटरसाइकलको ठक्करबाट सुनसरीमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जार चोकमा प्रदेश १-०२-०४३ प ८८ २७ नम्बरको मोटरसाइकलको ठक्करले स्थानीय ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति दुर्घटनामा परी गम्भीर घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय घनश्याम धामीको घोपामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।