आज थप १६० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

   २७ माघ २०७७, मंगलवार १७:०४  

 

२७ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हासम्मा देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा १ हजार ७ सय ३७ जना उपचाररत संक्रमित रहेका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय ६५ जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै आलसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लखा ६८ हजार ४ सय ३१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ४७ पुगेको छ ।