भारतबाट ल्याईएको लागूऔषध बरामद

   २७ माघ २०७७, मंगलवार १६:१०  

२७ माघ, रौतहट । बाराबाट अवैध लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याईरहेको अवस्थामा सोमबार नै लागूऔषध बरामद भएको प्रहरीले जनाएको हो ।

जिल्लाको कलैया उपमहानगरपालिका १० स्थितमटिअर्वा बिओपि मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र फुयालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिअर्वा सिमा नाकाबाट १ हजार ८ सय पिस लागुऔषध बरामद गरेको छ ।

गस्ती टोलीलाइ देखेर तस्करहरुले लागूऔषध छोडेर फरार भएको सशस्त्र प्रहरी कार्यालय बाराले जनाएको छ ।

तस्कर भागेपछि बेवारिसे अवस्थामा नोर्फिन २ एम.एल.को ६ सय पिस ,डाईजोपाम २ एम.एलको ६ सय पिस र फेनारगन २ एम.एल.को ६ सय पिस गरी जम्मा १८ सय पिस लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको लागुऔषधलाई आवश्यक कार्बाहीको लागि प्रहरी चौँकी मटिअर्वामा बुझइएको प्रहरीले जनाएको छ ।