नालामा डुबेर बालकको मृत्यु
२७ माघ, रौतहट । सर्लाहीको मलंगवामा नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मलंगवा नगरपालिका १० स्थित नारायण धर्मशालाको अगाडी सडक छेउको नालामा डुबेर लालबन्दी नगरपालिका बस्तिपुर घर भइ हाल मलंगवा १० मा होटल सञ्चालन गर्दै आएका प्रमोद अधिकारीको १४ महिने छोरा राज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार शुक्रवार साँझ खेल्ने क्रममा नालामा डुबेर घाइते भएको बालकको स्तुति सौम्या हेल्थ केयर मलंगवामा उपचारका लागी ल्याइएको थियो ।
त्यहाँ, उपचार सम्भव नभएपछि प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डौँ रेफर गरिएको थियो ।
तर, काठमाडौँ ल्याएपनि उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।