छोरीको हत्या गर्ने बुवा पक्राउ
२७ माघ, रौतहट । आफ्नै विवाहित छोरीलाई गोली हानी हत्या गर्ने बाबु पक्राउ परेका छन् ।
बैतडीको पुर्चौैडी नगरपालिका १० का धनसिह महराले आफ्नै २० वर्षीया छोरीलाई गोली हानी हत्या गरेर फरार भएका थिए ।
माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर छोरी बेलमती महराको हत्या गरेका थिए । महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।
हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर भागेका थिए । फरार भएका महराले आफ्नै घरमा आगजनी समेत गरेको प्रहरीले जनाए ।
२ श्रीमती रहेको महराका कान्छी श्रीमतीसँग उनको विवाद भएको थियो ।






