बसको ठक्करबाट स्कुटर सवार युवतीको मृत्यु
२७ माघ, रौतहट । रुपन्देहीमा बसको ठक्करबाट स्कुटर सवार एक युवतीको मृत्यु भएको छ ।
बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया पुजा गहतराजको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ठक्कर दिएर बस भागेको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईवटा बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
उनी रुपन्देहीकै न्यु इन्भारोमेन्ट उच्च माविमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत थिइन् । भैरहवाबाट बुटवल फर्कंदै गर्दा सोमबार अपरान्ह ४ बजेतिर पुजा सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा क्रिमसन अस्पतालमा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपि सत्यनारायण थापाले जनाए ।