श्रोत नखुलेको २१ लाख रुपैयाँ सहित आलम पक्राउ
२६ माघ, रौतहट। रौतहटको गौरबाट प्रहरीले २१ लाख नगद सहित एकजनालाइ पक्राउ गरेेेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले गौर नगरपालकिका वडा न. ४ वसपार्क नजिक बाट श्रोत नखुलेको २१ लाख ९० हजार सहित परोहा नगरपालिका वडा नं. १ जिंगडवा वेलविछुवाका मोहम्मद दिलसाद आलमलाई पक्राउ गरेको हो ।नम्बर प्लेट नभएको रातो रङ्गको स्कुटरमा सवार आलमलाइ प्रहरी टोलीले रोकी खानतलासी गर्दा नगद २१ लाख ९० हजार तथा ३१ लाख १६ हजारको चेक बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिद्धी विक्रम शाहले बताए ।
बरामद भएको रकमको सहित आवश्यक कारवाहीको लागि आलमलाई सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको उनले बताए ।