थप १३० जनामा कोरोना संक्रमण पुष्टि

   २६ माघ २०७७, सोमबार १७:२६  

 

२६ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार विगत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ३० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । जसमध्य हाल देशभर संक्रिय संक्रमितको कुल संख्या १ हजार ७ सय ४४ रहेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय ९४ जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ, भने यससंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ४५ पुगेको छ ।