लागूऔषधसहित २ जना पक्राउ

   २६ माघ २०७७, सोमबार १४:३५  

२६ माघ, रौतहट । विराटनगरबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको महानगरपालिका ५ मुनालपथबाट करिब १० लाख मूल्य बराबरको प्रतिबन्धित औषधिसहित दुवै जनालाई पक्राय गरिएको प्रहरीले जनाएको हो ।

आइतबार राति प्रहरीले नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरू बरामद गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका १० न्युरो अस्पतालपछाडि राजेन्द्र साहको घरबाट औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त औषधिहरू रेखदेख गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।