धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या
२६ माघ, रौतहट । बारामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
जिल्लाको महागढीमाई नगरपालिका १ बस्ने बैजनाथ कुश्वाहाकी पत्नी कान्तिदेवीको हत्या भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार आइतबार राति ४८ वर्षीया कान्तिदेवीको घर भित्र नै हत्या भएको थियो ।
नचिनेको मानिसको समूहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरेर कान्तिको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाबारे प्रदेश प्रहरी कार्यालय जनकपुरबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।