आज थप ११९ जनामा कोरोना पुष्टि, २६० जना संक्रमणमुक्त

   २५ माघ २०७७, आईतवार १६:४७  

२५ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार २ हजार २ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय १९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हासम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको डा. गौतमले बताए । जसमध्ये हाल नेपालमा १ हजार ८ सय १५ कोरोना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै, विगत २४ घण्टामा थप २ सय ६० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएसंगै आजसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ३८ पुगेको डा. गौतमले जनाएका छन् ।