भारतमा हिमताल विष्फोट हुदाँ १५० भन्दा बढी मजदूरहरु गायब

   २५ माघ २०७७, आईतवार १५:४३  

२५ माघ, रौतहट । भारतको उत्तराखण्डको चमोली जिल्लामा बारिएर बसेको हिमनदी (हिमताल)विष्फोट भएको छ ।

हिमताल विष्फो्ट लगत्तै नदी तटीय क्षेत्रमा जोखिम बढ्नु का साथसाथै नदी तटमा रहेको रिषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु भेटिएको छैनन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदैछन् । मुख्यमन्त्री सिंहले उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवथापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताएका छन् । घटना बारे अन्य विवरण आउन अझै बाँकी छ ।