गुगल क्रोममा ठूलो कमजोरी, सबै प्रयोगकर्ताको डेटा जोखिममा
२५ माघ, रौतहट । गुगल क्रोममा साइबर सुरक्षा अनुन्धानकर्मीहरूले ठूलो कमजोरी फेला पारेका छन् । विन्डोज, म्याकओएस र लिनक्स सबै भर्सनको ब्राउजरमा देखिएको यो कमजोरीको विषयमा गुगल क्रोमलाई अनुसन्धानकर्मीले जानकारी गराएका थिए ।
उक्त बगमा ह्याकरले क्रोममार्फत प्रयोगकर्ताको डिभाइसमा रिमोट कोड राखी सहजै डिभाइसमा एक्सेस प्राप्त गर्न सक्नेछ । उक्त प्रक्रिया पनि अति नै सहज रहेको र ह्याकरले एक पटक कुनै डिभाइसमा एक्सेस प्राप्त गरेसँगै उक्त डिभाइसको सम्पूर्ण नियन्त्रण आफ्नै हातमा लिन सक्ने उल्लेख गरिएको छ ।
यसरी प्रयोगतर्काको डिभाइसको एक्सेस नै ह्याकरको हातमा पुग्ने खालको समस्या फेला परेसँगै उक्त कमजोरीको समधान सहित गुगलले नयाँ भर्सन सार्वजनिक गरको छ ।
जनवरी २४ तारिखमा गुगलले यो कमजोरीको बारेमा थाहा पाएको थियो । कम्पनीले फेब्रुअरी ४ मै उक्त समस्याका समाधान सहित नयाँ भर्सन सार्वजनिक गरेको हो ।
नयाँ भर्सन सार्वजनिक भएसँगै कम्पनीले गुगल क्रोम प्रयोगकर्तालाई तत्कालै अपडेट गर्न आग्रह गरेको हो । यसबाट कति प्रायोगकर्ता प्रभावित भएका छन् भन्ने विषयमा गुगलले कुनै जानकारी दिएको भने छैन ।
तर, कम्पनीले यो कमजोरी प्रयोगकर्ताका लागि ठूलो समस्या भएको भन्दै तत्कालै नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको हो ।