सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदीको कति

   २५ माघ २०७७, आईतवार १३:३६  

२५ माघ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर आज तोलामा ९० हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, शुक्रबार तोलामा ८९ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य वृद्धि भएर आज प्रतितोलामा ९० हजार १ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको पनि मूल्य वृद्धि भएर आज तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा भएको थियो ।