फिलिपिन्समा ६.३ म्याग्निच्युडको भुकम्प

   २५ माघ २०७७, आईतवार १२:३२  

२५ माघ, रौतहट । फिलिपिन्समा आइतबार ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ रहेको जीएफजेड जर्मन रिसर्च सेन्टरले जनाएका थिए । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार करिब १२ः२२ बजेतिर भूकम्प भएको हो ।

त्यस्तै, इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।