पर्साबाट ९ किलो चेरससहित एक जना पक्राउ
२५ माघ, रौतहट । पर्साबाट ९ किलो लागूऔषध चेरससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुर का ६० वर्षीय मुसलीम देवानलाई शनिबार नै पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले घरमा लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको घर तलासी गर्दा कोठाभित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको अवस्थामा ९ किलो चेरससहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाए ।
बरामद भएको चरेससहित निजलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।