आज महिला फुटबल लिग अन्तर्गत विराटनगर र चन्द्रपुर भिड्दै

   २५ माघ २०७७, आईतवार १०:५५  

२५ माघ, रौतहट । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतवार विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।

विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ । विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।