माटोको ढिस्को भत्किदाँ तीनको घटनास्थलमै मृत्यु, दुई घाइते

   २४ माघ २०७७, शनिबार १३:५३  

२४ माघ, रौतहट । कैलालीमा माटोको ढिस्कोमा पुरिएर आज तीन जनाको मृत्यु भएको छ, भने अन्य दुई जना भाइते भएका छन् ।

घर पोत्नका लागी माटो लिन गएका बेला ढिस्को भत्किदाँ जिल्लाको जानकी गाउँपालिका ९ पूर्वी खैरीफाँटाका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, सोही घटनामा परेर घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेकी छन् ।

घाइतेको दुवै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।