सर्लाहीबाट लागूऔषधसहित एक जना पक्राउ
२४ माघ, रौतहट । सर्लाहीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लगूऔषधसहित पक्राउ पर्नेमा जिल्लाको कविलासी नगरपालिका १० सलेमपुर का ३० वर्षीय नन्दकिहोर राय रहेको प्रहरीले जनाएको हो ।
०३९५ नम्बरको मोटरसाइकल मलंगवाबाट लागूऔषध लिएर नवलपुरतर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले मोटरसाइकलाई चेकजाँच गर्दा सेतो प्लास्टिकको झोलामा लुकाइ छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।
८० पत्ता नाइट्राभेट, १० लेखिएको १२ सय पिस ट्याबलेट लागुऔषध सहित शुक्रवार साँझ नै रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरिक्षक दिपक चोरवारले जानकारी दिए ।
पक्राउ परेका रायलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।