सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
२४ माघ, रौतहट । मोरङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७ मा शुक्रबार राति करिब ८ बजेतिर भएको दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा १० बस्ने ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको हो ।
पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्दै गरेको प्र १–०२–०४० प ७४६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लिम्बु गम्भीर घाइते भएका थिए ।
घाइते भएका लिम्बुको उपचारका लागी विराटनगरको न्युरो अस्पतालमा ल्याएपनि उपचारका क्रममा राति ९ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
यस्तै, ठक्कर दिने ट्रक र चालक मोरङको बेलबारी नगरपालिका–७ बस्ने ३७ वर्षीय शिवराज दुलाललाई पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।