रौतहटमा एक जनाको शव फेला
द नेपाल मिडिया
२३ माघ २०७७, शुक्रबार १२:४६
२३ माघ, रौतहट । रौतहटमा एक जनाको शव फेला परेको छ ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ९ भुषहास्थित गहुँबारीमा एक युवकको बेवारिसे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो ।
बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०-३५ वर्षीय पुरुषको शव गहुँबारीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।
यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।