झापाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना फेला

   २३ माघ २०७७, शुक्रबार १२:१०  

२३ माघ, रौतहट । प्रतिबन्धित लागू औषधसहित झापाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको दमक नगरपालिका १२ बस्ने २८ वर्षीय शरण राई र सोही ठाउँ बस्ने २६ वर्षीय विकास परियारलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको साथबाट डाइजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ र फेनारगन १८ गरी ५४ एम्पुल बरामद भएको छ ।

यसबारे थप अनुसन्धानका लागि उनीहरुलाई हाल वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाए । जिल्ला अदालत झापाबाट म्याद थप गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।