सवारी दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

   २३ माघ २०७७, शुक्रबार ११:१३  

२३ माघ, रौतहट । सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपाल भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदाँ बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक दीपक चोरबारले जानकारी दिए ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका छोरा २३ वर्षीय रुपेश राय घाइते भएको छ ।