बारामा कार्यरत इन्सपेक्टरको ड्युटीमा नै बेहोस भएपछि मृत्यु

   २३ माघ २०७७, शुक्रबार १०:४४  

 

२३ माघ, रौतहट । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर० तथा बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका नारायण सिंह ऐरको मृत्यु भएको छ ।

बिहीबार बिहानदेखि नै ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएका सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

दार्चुला घर भएका उनी ड्युटीमा नै बेहोस भएपछि उनलाई उपचारका लागि कलैया अस्पतालमा लगिएको थियो । कलैया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिंहलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरिएको थियो ।

तर, अस्पतालमा आउनु भन्दा पहिलानै सिंहको मृत्यु भएको चिकित्सकहरुले बताए ।