आज थप १७१ जनामा कोरोना पुष्टि, २२७ संक्रमणमुक्त

   २२ माघ २०७७, बिहीबार १६:३०  

२२ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय ७१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमितहरुसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । जसमध्ये हाल नेपालमा २ हजार २ सय ७७ संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, विगत २४ घण्टामा थप २ सय २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म देशभर संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६७ हजार २ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टमा थप २ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ३३ पुगेको छ ।