चोरीको मोटरसाइकलसहित दुई जना फेला

   २२ माघ २०७७, बिहीबार ११:५२  

२२ माघ, रौतहट । रौतहटमा चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौर चन्द्रपुर सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा बाराका कोल्हबी नगरपालिका वडा नम्बर १० प्रसौना टोल बस्ने २० वर्षीय देव प्रकाश चौधरी र सोही नगरपालिका वडा नं. ७ का २१ वर्षीय सागर चौधरीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले बुधबार बिहान करिब ९ः०० बजेको समयमा सवारी साधान चेकजाँच गर्ने क्रममा ०३ ००२ प ६५८८ नम्बरको २०० सि.सि.को एन.एस. पल्सर मोटरसाइकलमा प्रयोग भएको साँचो आधी भाँचिएको अवस्थाको रहेको देखी सवार चौधरीमाथि शंका लागेपछि मोटरसाइकल सम्बन्धित कागजातहरु माग गर्दा मोटरसाइकल छाडी भाग्न खोज्दा दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार उनीहरुसंग सोधपुछ गर्दा ३र४ दिन अगाडी नै हेटौडाबाट चोरी गरी मोटरसाइकल ल्याएको बताएका छन्

मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।