स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश

   २२ माघ २०७७, बिहीबार ११:२४  

२२ माघ, रौतहट । बार्सिलोना स्पेनिस कोपा डेल रेले ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गरेको छ । बुधवार राति भएको खेलमा ग्रानडालाई पराजित गर्दै बार्सिलोना फुटबलको सेमिफाइनलमा प्रवेश (अन्तिम चारमा) प्रवेश गरेको हो ।

खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । तर, बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३-३ को स्थितिमा पुगेको थियो । तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।