आज थप १४२ जनामा कोरोना पुष्टि

   २१ माघ २०७७, बुधबार १६:५७  

२१ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा १ सय ४२ जना संक्रमित थपिएसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । जसमध्ये हालसम्म २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप २ सय ६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ६५ पुगेको डा. गौतमले जानकारी दिए ।

त्यसैगरी, कोरोनाका कारण आज थप १ जनाको मृत्यु भएको छ, भने संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ३१ पुगेको छ ।