आगलागीमा जलेर एक बालकको मृत्यु

   २१ माघ २०७७, बुधबार ११:५५  

२१ मघ, रौतहट । खोटाङमा एक बालकको जलेर मृत्यु भएको छ ।

आगलागीमा जलेर रावाबेँसी गाउँपालिका ४ डुम्रेधारापानी सिम्लेका ७ वर्षीय जेसन मगरको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा बालकको मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर बचाएका छन् । स्थानीयले दिएका जानकारी अनुसार आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको मृत्यु भएको थियो ।

बाल बिकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।