लागुऔषध सहित एक पक्राउ

   २० माघ २०७७, मंगलवार १५:१९  

२० माघ, रौतहट । सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलिले गौर २ महादेवपट्टीमा लागुऔषध गाजा तथा विनसिरेक्स सहित एक जनालाई पक्राउ गरेको हो ।
महादेवपट्टिमा चेकजाँच गर्ने क्रममा गरुडा नगरपालिका ११ का २८ वर्षिय महम्मद फर्मानलाई १० ग्राम गाजा तथा १५ थान विनसिरेक्स सिरप सहित पक्राउ गरिएको सशस्त्र प्रहरीको गौर बिओपीले जनाएको छ ।

पक्राउ गरेकालाई आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाएको बिओपी गौरले जनाएको छ ।