यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते

   २० माघ २०७७, मंगलवार १४:४५  

२० माघ, रौतहट । सिन्धुपालचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएको छ ।

दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित नौ किलोमा दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार बा २ ख २७८९ नम्बरको बस लामोसाँघु-जिरी सडकखण्डमा तीव्र गतिका कारण पल्टिएको छ ।

दुर्घटनापछि बसका चालक फरार भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।