म्यानमारको हिरासतमा रहेका क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरु रिहा

   २० माघ २०७७, मंगलवार १४:११  

२० माघ, रौतहट । म्यानमारको सेनाले क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई हिरासतमा लिएको एक दिनपछि मंगलबार रिहा गरेको छ ।

सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरेको थियो । यस्तोमा मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका संसदीय प्रतिनिधिहरुलाई मंगलबार बिहान हिरासत मुक्त गरिएको सैनिक स्रोतले बताएको समाचार संस्था सिन्हामा उल्लेख छ ।

सोमबार म्यानमारको सेनाले ‘कू’ गर्दै सरकार तथा संसद्का प्रतिनिधिहरुलाई हिरासतमा लिएको थियो । सेनाको यो कार्यको विश्वभर आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले गत नोभेम्बरमा भएको निर्वाचनको सम्मान गर्दै हिरासतमा लिएका सबै नेता तथा सरकार प्रतिनिधिहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।