रौतहटमा लागूऔषधसहित एक जना पक्राउ
२० माघ, रौतहट । रौतहटबाट एक जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय कृष्ण थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हवाल्दार शैलेश त्रिपाठीको कमाण्डमा खटिएको पिकेट टोलीले गौर नगरपालिका वडा नम्बर ३ बि.पी. चौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा टेम्पु सवार मगरमाथि शंका भएपछि खानतलासी गर्दा निजले लगाएको ज्याकेट भित्र लुकाई छिपाई राखिएको लागूऔषधसहित सोमबार साँझ करिब ६ः४५ बजेको समयमा नै पक्राउ गरिएको थियो ।
मगरको साथबाट १२ पता नाइट्रोभेट बरामद भएको प्रहरीले जानकारी दिए । जिल्ला अदालतबाट म्याद थप गरी पक्राउ परेका मगरलाई हिरासतमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।