विधि र पद्धति अनुसार अगाडि बढेको ग्रामिण बिकास केन्द्रको दाबी

   १९ माघ २०७७, सोमबार १७:२५  

१९ माघ, रौतहट । रौतहटमा सक्रिय रहेको गैर सरकारी संस्था ग्रामिण बिकास केन्द्रले आफ्नो संस्थाको नाम लिएर आएको खबर प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक अनलाइन पोर्टलमा संस्था सङ्ग जोडिएर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको दावी गर्दै आफुहरु विधि र पद्धति अनुसार अगाडि बढिरहेको बताइएको छ । रौतहट जिल्लाको विभिन्न पालिकाहरुको सम्नवयमा विभिन्न पालिकाहरुमा काम गरि रहेको सो संस्थाले स्थानिय सरकारको अबधारणा अनुसार नगर प्रमुख सङ्गको समन्वयलाई ब्यक्तिगत प्रभाव र हस्तक्षेप नबुझ्न सबैलाई आह्वान समेत गरेको छ ।

ग्रामिण बिकाश केन्द्र सङ्ग सहकार्य गर्ने इस्लामीक रिलिफ र कतर च्यारिटी लगायतका दात्री निकायहरु कुनै जाती र सम्प्रदायको लागि मात्रै नभई मानवाताको लागीनै काम गर्ने भएकोले मुस्लिमको समान हिन्दुलाई बाडियो भन्नू उचित नभएको बिज्ञप्तिमा उल्लेख रहेको छ । ग्रामिण बिकाश केन्द्रका अध्यक्ष पारस हुसैनले हस्ताक्षर गरेको बिज्ञप्तिमा संस्थाले कर्मचारी भर्ना गर्दा संस्थाको ऎन र कार्यबिधी अनुसार भर्ना गर्ने गरेको र नक्कली सर्टिफिकेटको अधारमा जागिर दिएको खबर झुठो रहेको जनाएको छ ।

केही दिन पहिले केही सन्चार माध्यमहरुले ग्रामीण बिकास केन्द्र रौतहटको कार्यशैली प्रती टिप्पणी गर्दै समाचार सम्प्रेषण गरेको थियो ।