आज थप १५९ जनामा कोरोना पुष्टि, २६४ जना संक्रमणमुक्त

   १९ माघ २०७७, सोमबार १६:३५  

१९ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ५९ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको हो । जसमध्ये हाल देशभर २ हजार ४ सय ८९ जना उपचाररत संक्रमित रहेका छन् ।

त्यस्तै, बितेको २४ घण्टामा थप २ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् भने यससंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर, देशभरमा कोरोनाका कारण २ हजार २९ जनाले ज्यान गुमाइसकेका छन् ।