कञ्चनपुरबाट चरेशसहित दुई फेला

   १९ माघ २०७७, सोमबार १२:५३  

१९ माघ, रौतहट । कञ्चनपुरबाट प्रहरीले चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चरेशसहित बेदकोट नगरपालिका ९ बस्ने गोपाल चन्द र सुरेन्द्रराम लुहारलाई आइतबार नै पक्राउ गरिएको थियो ।

चरेश कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुको खानतलासी गर्दा गोपालबाट १० दशमलव ८६० मिलिग्राम र सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।