हत्या काण्डमा पक्राउ परेका आरोपीहरु कारागार चलान

   १९ माघ २०७७, सोमबार १२:१५  

१९ माघ, रौतहट । रौतहटमा १७ वर्षीया युवतीको हत्या काण्डमा पक्राउ परेका आरोपीहरु कारागार चलान भएका छन् ।

जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीको १७ वर्षीया छोरी अमृताकुमारी साहलाई केही अज्ञात व्यक्तीहरुले गत कार्तिक २६ गते गोली हानि हत्या गरेको थियो ।

उनी आफ्नै माइतिघरमा आमासंगै सुतिरहेको बेला निजको आमा शौचालय गएपछि अज्ञात व्यक्तिहरु निजको घरमा पसि गएराति करिब ११ बजेको समयमा निजको दाहिने पट्टिको कन्चटमा गोली हानि हत्या गरिएको थियो ।

हत्या काण्डमा पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं २ लक्ष्मिनीया करुनिया बस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम अंसारी, ३६ वर्षीय शेख ईम्ताज, कैमुल देवान, परोहा नगरपालिका ४ बस्ने ४६ वर्षीय छोटेलाल साह, मृतकको आफ्नै ५५ वर्षीय राम अयोध्या साह बुवा, आमा सिता देवी साह रहेकी छन् ।

सरकारी वकिल कार्यालय मार्फत रौतहट जिल्लाको अदालतमा पेश गरिएकोमा अदालको आदेशबाट प्रतिवादीहरुलाई माघ १८ गते आइबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, मृतकको आमा गत मंसिर १४ गते १ लाख रुपैयाँ धरोटी तिरी छुकेकी समेत प्रहरीले जनाएको छ ।